२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन गर्दैछन् यी १० हजार जनताले सरकारसंग मर्न पाऊँ भन्दै हारगुहार ?



अ+ अ-

मानिसको जन्म नै मृत्यु वरण हुनलाई हो । यो जान्दा जान्दैपनि मानिस सकेसम्म धेरैभन्दा धेरै आयु बाँच्न प्रयत्न गरिरहन्छ । आफ्नो स्वास्थ्यको हेर बिचार खुब राम्रोसंग गर्छन् । केहि भई हाल्योभने पनि तुरुन्तै अस्पताल धाईहमल्छन् । तर विश्व चकित बनाउने कुराहरुमा बेला बेला बडो अनौठो किसिमका घटनाहरु आईरहन्छन् । यस्तै एउटा घटनाले ठाँउ पाएको छ नेदरल्याण्डमा, जहाँका एक–दुई होइनन्, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् । नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो खुलासा गरेका हुन् ।

एक रिपोर्ट उद्धृत गर्दै स्वास्थ्यमन्त्री ह्युगो डी जोंगले इच्छामृत्युका लागि १० हजार जनताले सरकारसँग याचना गरिरहेको बताएका छन् । इच्छामृत्युको माग गर्ने सबैजसो व्यक्तिहरुमा ५५ वर्ष उमेर माथिका छन् । उनीहरु सबै गम्भीर रोगबाट ग्रसित भएका कारण मर्न चाहन्छन् ।
अनौठो त के भने नेदरल्याण्डमा त्यसरी मर्न चाहने मानिसहरूको संख्या कुल जनसंख्याको ०.१८ प्रतिशत रहेको पाईएको छ । त्यतिठूलो संख्याका मानिसहरूले इच्छामृत्युको याचना गरिरहेको घटना निकै गम्भीर रहेको स्वास्थ्यमन्त्रीले बताएका छन् ।

ती मानिसहरू किन आफ्नो जीवनबाट दिक्क भए ? भन्ने कुराको खोजी गर्नुपर्ने र उनीहरूलाई जीवनको सही अर्थ खोज्न तथा बाँच्नका लागि प्रेरित गर्नुपर्ने मन्त्रीको भनाइ रहेको छ । रोगले ग्रसित भएका तथा जीर्ण अवस्थामा पुगेका वृद्धवृद्धाहरूलाई शान्तिपूर्ण तथा गरीमापूर्ण तरिकारले आफ्नो जीवनको अन्त्य गर्न सहयोग पुग्नेमा नेदरल्याण्डका विपक्षी पार्टीहरूको भनाइ छ । उनीहरुले ७५ वर्षमाथिका मानिसहरूलाई इच्छामृत्युको अधिकार दिइनुपर्ने माग समेत गर्दै आएका छन् ।