१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा



अ+ अ-

बेइजिङ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुग्नुभएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नेे बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुनुहुन्छ ।

गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो ।

कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गर्नुभएको थियो । सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारबाहीमा हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो।

हालैका वर्षहरूमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ। सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरूसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ।

बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्व दिने बताएको थियो ।(रासस/एएफपी)