काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् । राजदूत साइगोले मंगलबार बिहानै सभामुखको कार्यकक्षमै पुगेर भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
जापानले विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि सहयोग गर्ने उनले बताए । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।
सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए । सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए ।