२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो जीवन खतरामा छ, २४ घण्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु: गायक अनिल सिंह



अ+ अ-

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा कुनै समय निकै चर्चाको शिखरमा पुगेका गायक अनिल सिंहले आफ्नो जीवन खतरामा रहेको बताएका छन् । अनिल सिंहले यसबारे फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका छन् । अनिलले सोमबार बेलुकी युद्ध शङ्खभन्दै आफूले गायक एल्बमका लागि गरेको सम्झौता पत्रको फोटो पोष्ट गर्दै सिरियस नोटमा आफ्नो जीवन खतरामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘कथा रोचक छ ‘पुरानो सम्झौता पत्र’ शक्तिशाली संस्थाहरु – त्यसैले त कलाकारको प्राण सङ्कटमा छ ।’

यसका साथै उनले म्युजिक नेपाल, इमेज च्यानल, इन्द्रेणी क्यासेट सेन्टर र म्युजिक डट कम मिलेर आफ्नो गीत बेचेको समेत आरोप लगाएका छन् । उनले प्रेम पत्र गीत म्युजिक नेपालले उनलाई नै नसोधी बेचेको आरोप लगाएका छन् । उनले फेसबुकमा एउटा अडियो पोष्ट गर्दै भनेका छन्, ‘म गर्वका साथ भन्छु कि राजेश बंशलजीसँग मैले मेघाहर्ज भन्ने एल्बमको सम्झौता गरेको हुँ । सम्झौता भनेको सम्झौता हो । सम्झौता गरेपछि त्यसको अरु कुनै विकल्प छैन । मैले राजेश बंसलजीलाई सुम्पिसकेँ, त्यसमा मेरो अधिकार छैन । तर सम्झौता गरेअनुसार प्रेम पत्रको अडियोमा मात्रै राजेश बंशलको अधिकार छ ।’

उनले थप्दै यसो पनि भने, ‘प्रेम पत्र भिडियोको निर्माता म हुँ । त्यो मैले बनाएको हुँ । त्यसको हक न इन्द्रेणी क्यासेट सेन्टरसँग छ, न राजेश बंशलसँग छ । विगत १७ वर्ष देखि राजेश बंशलले मेरो भिडियो बनाएर, अडियो बनाएर, सिडी बनाएर विक्री वितरण गर्दै आएका छन् । उनले प्रेम पत्रमात्र होइन, ‘परी’ गीत पनि विक्री वितरण गर्दै आएका छन् । उनले ममाथि जालझेल गर्न कुनै विकल्प बाँकी राखेका छैनन् ।’ यसका साथै, उनले भूलवश मेघाहर्ज एल्बमको नक्कली सम्झौता पत्र ठानेर सक्कली सम्झौता पत्र च्यातेको पनि बताए ।

गायक अनिल सिंहको फेसबुकबाट

आफूले म्युजिक नेपालको बन्द कोठामा श्री शुभ बहादुर, सन्तोष शर्मा र अनिल स्थापित तथा म्युजिक डट कमका सञ्चालक राजेश बंशल सामु मौखिक रुपमा सम्झौता भङ्ग गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताए । उनले यसलाई आफ्नो अपराध भएको पनि स्वीकारेका छन् । यस्तै, सम्झौता पत्र च्यातेर उनले महागल्ती गरेको पुष्टि भए अबको २४ घण्टामा आफूले आत्मसमर्पण गर्न चाहेको पनि बताएका छन् । उनले भने, ‘मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु । नेपाल सरकार, सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायको अपिल गर्दै प्रस्तुत भएको छु ।’

उनले लेखेका छन्, ‘मेरो अपराधको दण्ड सजाय नेपाल सरकारको कानून र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनुपर्ने मेरो पहिलो निवेदन छ ।’ उनले अन्तिममा लेखे, ‘म प्रस्तुत छु ।’ उनको अबको लडाईंले राजनीतिक मोड पनि लिन सक्ने भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र सांसद कोमल वलीको विशेष ध्यान आकर्षण गर्न चाहेको बताए ।यसविषयमा सांसद् वलीसँग बुझ्दा उनले यसबारेमा बुझ्नका लागि सिंहलाई सम्पर्क गर्दा सम्पर्क नभएको र उनी निकट रहेका व्यक्तिलाई बुझ्न पठाएको जानकारी दिएकी छिन् ।