२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो जीवन खतरामा छ, २४ घण्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु: गायक अनिल सिंह



अ+ अ-

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा कुनै समय निकै चर्चाको शिखरमा पुगेका गायक अनिल सिंहले आफ्नो जीवन खतरामा रहेको बताएका छन् । अनिल सिंहले यसबारे फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका छन् । अनिलले सोमबार बेलुकी युद्ध शङ्खभन्दै आफूले गायक एल्बमका लागि गरेको सम्झौता पत्रको फोटो पोष्ट गर्दै सिरियस नोटमा आफ्नो जीवन खतरामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘कथा रोचक छ ‘पुरानो सम्झौता पत्र’ शक्तिशाली संस्थाहरु – त्यसैले त कलाकारको प्राण सङ्कटमा छ ।’

यसका साथै उनले म्युजिक नेपाल, इमेज च्यानल, इन्द्रेणी क्यासेट सेन्टर र म्युजिक डट कम मिलेर आफ्नो गीत बेचेको समेत आरोप लगाएका छन् । उनले प्रेम पत्र गीत म्युजिक नेपालले उनलाई नै नसोधी बेचेको आरोप लगाएका छन् । उनले फेसबुकमा एउटा अडियो पोष्ट गर्दै भनेका छन्, ‘म गर्वका साथ भन्छु कि राजेश बंशलजीसँग मैले मेघाहर्ज भन्ने एल्बमको सम्झौता गरेको हुँ । सम्झौता भनेको सम्झौता हो । सम्झौता गरेपछि त्यसको अरु कुनै विकल्प छैन । मैले राजेश बंसलजीलाई सुम्पिसकेँ, त्यसमा मेरो अधिकार छैन । तर सम्झौता गरेअनुसार प्रेम पत्रको अडियोमा मात्रै राजेश बंशलको अधिकार छ ।’

उनले थप्दै यसो पनि भने, ‘प्रेम पत्र भिडियोको निर्माता म हुँ । त्यो मैले बनाएको हुँ । त्यसको हक न इन्द्रेणी क्यासेट सेन्टरसँग छ, न राजेश बंशलसँग छ । विगत १७ वर्ष देखि राजेश बंशलले मेरो भिडियो बनाएर, अडियो बनाएर, सिडी बनाएर विक्री वितरण गर्दै आएका छन् । उनले प्रेम पत्रमात्र होइन, ‘परी’ गीत पनि विक्री वितरण गर्दै आएका छन् । उनले ममाथि जालझेल गर्न कुनै विकल्प बाँकी राखेका छैनन् ।’ यसका साथै, उनले भूलवश मेघाहर्ज एल्बमको नक्कली सम्झौता पत्र ठानेर सक्कली सम्झौता पत्र च्यातेको पनि बताए ।

गायक अनिल सिंहको फेसबुकबाट

आफूले म्युजिक नेपालको बन्द कोठामा श्री शुभ बहादुर, सन्तोष शर्मा र अनिल स्थापित तथा म्युजिक डट कमका सञ्चालक राजेश बंशल सामु मौखिक रुपमा सम्झौता भङ्ग गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताए । उनले यसलाई आफ्नो अपराध भएको पनि स्वीकारेका छन् । यस्तै, सम्झौता पत्र च्यातेर उनले महागल्ती गरेको पुष्टि भए अबको २४ घण्टामा आफूले आत्मसमर्पण गर्न चाहेको पनि बताएका छन् । उनले भने, ‘मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु । नेपाल सरकार, सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायको अपिल गर्दै प्रस्तुत भएको छु ।’

उनले लेखेका छन्, ‘मेरो अपराधको दण्ड सजाय नेपाल सरकारको कानून र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनुपर्ने मेरो पहिलो निवेदन छ ।’ उनले अन्तिममा लेखे, ‘म प्रस्तुत छु ।’ उनको अबको लडाईंले राजनीतिक मोड पनि लिन सक्ने भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र सांसद कोमल वलीको विशेष ध्यान आकर्षण गर्न चाहेको बताए ।यसविषयमा सांसद् वलीसँग बुझ्दा उनले यसबारेमा बुझ्नका लागि सिंहलाई सम्पर्क गर्दा सम्पर्क नभएको र उनी निकट रहेका व्यक्तिलाई बुझ्न पठाएको जानकारी दिएकी छिन् ।