११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई समितिको प्रतिवेदन प्रतिनिधिसभामा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरे । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गरे।

दुई समितिमा सांसद थप:बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी दिए ।

यसैगरी सांसद मोहम्मद इश्तियाक राईको नाम सार्वजनिक लेखा समितिमा थप गरिएको जानकारी पनि बैठकमा उनले गराए ।