२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठमा आगलागी हुँदा महिलाको निधन



अ+ अ-

खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ ।

गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।