काठमाडाैंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २–० ले गाेल अन्तरले पराजित गरेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरेका छन् ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेपनि फ्रेन्डसले दोस्रो हाफमा दुई गोल गरी जित निकालेको हो । खेलको ७८ औं मिनेटमा सन्जोगले १ गोल गरेपछि फ्रेन्सले अग्रता बनाएको थियो । त्यस्तै ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले अर्को गोल थप्दा फ्रेन्ड्सलाई २–० को अग्रता मिलेको थियो । खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए ।
जितसँगै फ्रेन्ड्स १० खेलमा १४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ ।