१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

प्रधानमन्त्री ओली भन्छ्न्, ‘मैले बोलेका कुराले बिझाएको भए क्षमाप्रार्थी छु’

प्रधानमन्त्री ओली भन्छ्न्, ‘मैले बोलेका कुराले बिझाएको भए क्षमाप्रार्थी छु’
अ अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सरकारवीचको आलोचना प्रतिआलोचनालाई बलिङ र ब्याटिङको संज्ञा दिएका छन् । घरमा पनि कहिलेकाँही यस्तो हुने बताउँदै प्रधानमन्त्रीले भने, मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा मंगलबार साँझ सम्पादकहरुसँग भावना साटासाट गरे । प्रधानमन्त्रीले भने, ‘कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ । मान्छेले रीस उठ्दाखेरि ‘मार्दिन्छु तँलाई’ भन्छ । तर, त्यो साँचो भन्या होइन ।’

बालुवाटारमा निम्त्याइएका २५ सम्पादकसँगको भेटमा प्रधानमन्त्रीले सरकार प्रेसप्रति असहिष्णु नरहेको बताउँदै मिडियाबाट सहयोगको अपेक्षासमेत गरे । उनले भने, ‘कोअपरेट गर्न आग्रह गर्न चाहन्छु । तपाईहरुको सहयोगको अपेक्षा गर्न चाहन्छु ।’

आफूले बोलेका कुराहरु पत्रकारलाई नबिझाउन् भन्दै आफूलाई आएको गालीको अलिअलि जवाफ दिएको प्रधानमन्त्री ओलीले बताए । यस्ता विषयलाई सामान्य रुपमा लिनुपर्ने उनले औंल्याए ।

‘अलिकति जवाफ हामीले पनि दिनुपर्ने हुन्छ । कमेन्ट गर्नुपर्ने हुन्छ । बलिङ गरेपछि अलिअति ब्याटिङ त गर्नैपर्ने हुन्छ’ प्रधानमन्त्रीले भने, ‘तपाईहरु बलिङ दिएको दियै गर्ने, मैले एक ब्याटिङ दिँदा रिसाउन भएन । हामी सबैको उद्देश्य एउटै हो । तपाईहरुका सुझाव मैले गम्भीरताका साथ सुनेको छु ।’

प्रधानमन्त्रीको भनाइको सारसंक्षेप उनकै शब्दमा

तपाईहरु अलिअलि बढ्ता भएको पनि हो । बढ्ता हुनु ठीक हो, स्वाभाविक हो । किनभने, लडेर डेमोक्रेसी ल्याएको छ, लडेर स्वतन्त्रता ल्याएको छ, यसरी ल्याएको फ्रिडम भएपछि अहिलकति मान्छेले इन्जोय त गरिहाल्छन् ।

जेलबाट छुट्नेवित्तिकै म गोसाइँकुण्ड गएँ । फ्रिडम इन्जोय गर्न गएको, अर्थोक केही होइन । भर्खर जेलबाट छुटेको, गोसाइँकुण्ड जाँदा झण्डै नमर्‍या १ १४ वर्ष जेल बसेर कुँजिएको मान्छे, गोसाइँकुण्डतिर लागेपछि अमरसिंह थापाजस्तो झण्डै नभाको ।

डेमोक्रेसीमा अलिअलि यस्ता कुराहरु हुन्छन् । मचाहिँ अन्डस्ट्यान्ड गर्छु यी कुराहरुलाई । तपाईहरुलाई मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु । नबिझाउन् । कहिलेकाहीँ यस्तो घरमा पनि चल्छ नि ।

सरकार असहिष्णु होइन, हुन सक्दैन । कहिले(कहिले मैले पनि भन्छु । तपाईहरु कत्ति असहिष्णु, मैले केही भन्नै नपाउने रु अरुलाई चाहिँ सहिष्णु हुनुपर्छ, सुन्नैपर्छ, सुन्नै नसक्ने भन्ने, मैलेचाहिँ तपाईहरुको अलिकति राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन रु भन्दाखेरि उत्पात मच्चाउने रु किन त्यस्तो असहिष्णुता रु अलिअलि त तपाईहरु पनि सहिष्णु हुनोस् न कहिले कहिले हौ ? एउटा गीत गाउँछन् नि, केही भन्नै हुन्न गाँठ्ठे‘ ? केही भन्नै नहुने ।’

तपाईहरुले चाँहि लेख्न हुने, छाप्न हुने, भन्न हुने, व्यंग्य पनि, चित्र पनि बनाउन हुने, कविता पनि कोर्न हुने, लेख पनि देख्न हुने, जे पनि छाप्न हुने । हामीले हैन, अति नै पो गरे हौ साथीहरुले त भनेर भन्यो भने लौ।। यो त भनेर फेरि‘ । अलिअलि त हामीले पनि यसो भन्न पाउनुपर्छ नि । थोरैतिनै यसको पनि त संरक्षण गर्दिनोस् ।

सरकार असहिष्णु हुनै सक्दैन । हामी सानोतिनो मूल्य तिरेर यहाँ आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरु, यो प्रणाली, स्वतन्त्रताको हक पनि जान सक्दैन, प्रेस स्वतन्त्रता पनि जान सक्दैन । यो सबैलाई थाहा छ । सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको बनोटको कुरा हो ।

हामी एउटा स्वतन्त्र समाजमा छौं । स्वतन्त्र समाजमा बाँचिरहेका छौं र यस्तो खतरा केही पनि छैन । पहिलो कुरा त प्रेस स्वतन्त्रताको सन्दर्भमा, मिडियाको स्वतन्त्रताको सन्दर्भमा म सरकारका तर्फबाट तपाईहरुलाई पूर्णरुपमा आश्वस्त हुन आग्रह गर्न चाहन्छु । कुनै प्रकारको प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन । र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने, या स्वतन्त्रताका हकहरु, कुनै पनि, प्रेस, वाक, प्रकाशन, मुभमेन्ट आदि विभिन्न स्वतन्त्रताका हकहरु कुनै पनि कुण्ठित गरिँदैन ।

म आफैं ५५ वर्षस्वतन्त्रताको निम्ति लडेँ । मानवअधिकारका निम्ति मैले लडेको छु । मानवअधिकारको अभाव र स्वतन्त्रताको अभाव अवस्था कस्तो हुन्छ, साथीहरुले अलि बढी देख्नुभएको छ, मैले धेरै भोगेको छु । त्यसकारण म साथीहरुलाई फेरि पनि भन्न चाहन्छु, यसमा साथीहरुले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन, छैन ।

कुनै हिसाबले कुनै कुरा छलफलका क्रममा गलत भएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । पूर्ण प्रेस स्वतन्त्रता हुन्छ ।

केही केही कानुन, केही केही कुराहरु सभ्य समाजका निम्ति भन्नुपर्ने, राख्नुपर्ने हुन्छ । हामी एउटा सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रताको हनन हुन भएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिन भएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना हुन भएन । यी कुराप्रति हाम्रो सजगता आवश्यक छ । यो चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रमाणित र एउटा जिम्मेवार ढंगले सभ्य प्रस्तुती होस् भन्ने एउटा आकांक्षा हो ।

कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन, कसैको कारोबार अनुचित ढंगले क्षति पुर्‍याउने हिसाबमा पुर्‍याइयो भने त्यस्तोमा के गर्ने रु त्यसलाई सच्याउने बाटो होला, अथवा त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । बाटोमा हिँड्ने अधिकार त हामी सबैलाई हुन्छ, तर बाटोमा कसरी हिँड्ने भन्ने त सभ्य समाजमा आउँछ नि ।

दुईवटा विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै । म देशका नाम नलिऔं । एउटामा शालीनता छ, विनम्रता छ । कुरा गर्दाखेरि झुकेर कुरा गर्छन् । अर्कोमा त्यो छैन । एउटामा सामाजिक मूल्यहरु माथि हुन्छन् भने अर्कोमा कम हुन्छन् ।

हामीले सभ्य समाज बनाउन खोज्या हौं । हामीले नेपाललाई समृद्ध मात्रै बनाउन खोजेका होइनौं, सभ्य, मानवीय भावनायुक्त, पारस्पारिक सहयोगात्मक सम्बन्ध भएको समाज निर्माण गर्न खोजेका हौं हामीले । त्यतापट्टी हामी सबैका प्रयासहरु केन्द्रित हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रताजस्तो कुरालाई कुण्ठित गरेर हुने भन्ने होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा अझ लगेर स्वतन्त्रताका हकहरुको संकुचनतर्फ लगेर अथवा लोकतन्त्रसँग लगेर‘।

कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ । मान्छेले रीस उठ्दाखेरि ‘मार्दिन्छु तँलाई’ भन्छ । त्यो साँचो भन्या होइन । कहिलेकाहीँ पत्रकारहरुले त्यस्तै गर्दिनुहुन्छ ।

तर, के नेपालमा तानाशाही छ र ? त्यहाँ पुग्यो र देश ? के हामी साँच्चै त्यहीँ छौं त ? देश के हामी घुम्न हिँड्ने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज त्यस्तै कर्फ्यु छ र ? अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनबाट आएको हो । जनताले सबभन्दा विश्वास गरेको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरूसँग मंगलबार साँझ प्रम निवास बालुवाटारमा गरेकाे कुराकानी अनलाइनखबर डट कमबाट साभार