२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भन्छ्न्- ‘तीन वर्ष सरकार चलाउन सक्षम छु’ (आजका अखबार)



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओली र निजी क्षेत्रका अखबारका सम्पादकहरूबीच मंगलबार बालुवाटारमा भएको अन्तरक्रियाका बारेमा बुधबारका अधिकांश दैनिक पत्रिकाहरूले मुख्य समाचारका रूपमा प्रकाशन गरेका छन् । ‘प्रधानमन्त्रीको फेरिएको अवतार’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बढी बोल्ने र कम सुन्ने स्वभावका प्रधानमन्त्री ओली मंगलबार भने फरक शैलीमा प्रस्तुत भएका थिए । पहिले दुई घण्टा सम्पादकको कुरा सुनेर त्यसपछि उनी बोलेका थिए ।

अन्नपूर्ण र नागरिकले पनि प्रधानमन्त्री–सम्पादकबीचको भेटघाटबारे मुख्य समाचार बनाएका छन् । दुवैले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष निरन्तर सरकार चलाउने प्रधानमन्त्रीको भनाइलाई समेटेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँगको अन्तर्वार्ता छापेको छ । अन्तर्वार्तामा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत दूरी बढेको स्वीकारेका छन् । ओलीसँग दूरी बढेपछि प्रचण्डसँग नजिक बनेको उनको भनाइ छ ।

‘कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो । उहाँसँग दूरी बढेपछि स्वभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो । मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो । कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो,’ नेता नेपालले अन्नपूर्णसँगको अन्तर्वार्तामा भनेका छन् ।

नयाँ पत्रिकाले कुखुराको मूल्यवृद्धिबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका चचल्लाको मूलय मात्र करिब १५ करोड हुन् आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अण्डासमेत नष्ट गरिएको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

मूल्यवृद्धिको कारण खोतल्दै नयाँ पत्रिका अगाडि लेख्छ– ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैंले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २२९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका हुन् ।

विद्यालय तहमा पढाउने शिक्षकजस्तै अब कलेजहरूमा प्राध्यापन गर्नेले पनि लाइसेन्स लिनुपर्ने भएको खबर नयाँ पत्रिकाले छापेको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा उच्च शिक्षण संस्थाहरूमा प्राध्यापक र अनुसन्धान गर्ने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा सञ्चालन गर्ने र परीक्षा त्तीर्ण गरेको व्यक्तिले मात्र प्राध्यापन गर्न पाउने उल्लेख छ ।