२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी



फाइल फोटो
अ+ अ-

बिर्तामोड। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गर्नुभएको छ ।

आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुन लागेको जानकारी गराउँदै निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा आफूले तीन वर्षको अवधिमा सम्पन्न गरेका विकासका कामबारे विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरिएको छ ।

सभामुख घिमिरेले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गर्नुभएको स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको बताउनुभयो । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उहाँको भनाइ छ ।

“तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब रु पाँच अर्ब बराबरको बजेट व्यवस्थापन गरिएको छ”, सभामुख घिमिरेले भन्नुभयो, “यसले यहाँको दीर्घकालीन विकासका लागि बलियो आधार तयार गरेको छ ।”
सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गरिएको दाबी गर्नुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहल र सहयोगका कारण बिर्तामोड नगर क्षेत्रमा उल्लेखनीय विकास सम्भव भएको बताउनुभयो । उहाँले सडक विस्तार, खानेपानी सुधार तथा अन्य भौतिक पूर्वाधार विकासका लागि केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक, अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन, बुद्धशान्तिका नगरप्रमुख मनोज प्रसाईं, संविधानसभा सदस्य प्रेम गिरीलगायतको सहभागिता रहेको थियो ।रासस