२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते



अ+ अ-

काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।आज (बिहीबार) विहान विराटनगर महानगरपालिका १० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा ४५ वर्षीय चालक सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मियाँलाई उपचारको लागि विराटनगरको न्युरो अस्पतालामा लगिएको तर उनको उपचारको क्रममै मृत्यु भएको हो ।

दुर्घटनामा अटोमा सवार अन्य ३ जना, विराटनगर १० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब घाईते भएका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।