२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दा लागेका न्यायाधीश पनि स्वत: निलम्बित, पेसी तोकियो इजलासमा भने बसेनन्



अ+ अ-

काठमाडौं । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिका नाममा गर्न भूमिका खेलेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेका न्यायाधीश विनोदकुमार गौतमको इजलासमा बिहीबार पनि तीनवटा मुद्दा तोकिएको छ । चितवनका न्यायाधीश गौतमको इजलासमा लागूऔषध, सम्बन्ध विच्छेद र लेनदेनका गरी तीनवटा मुद्दा पेसीमा राखिएकोमा गौतम इजलासमा नबसेपछि स्थगित भएका छन् ।

नेपालको विधमान कानुन भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पदमा बसेका व्यक्ति पदबाट स्वत: निलम्बन हुन्छन् । तर, गौतमको इजलासमा भने आज पनि तीनवटा मुद्दाको पेसी तोकिएको छ । न्यायाधीश न्यायपरिषद ऐन अनुसार नियुक्त हुने भएकाले उनीविरुद्ध अख्तियारले मुद्दा दायर गर्दैमा स्वतः निलम्बन नहुनेमा पनि कतिपयको तर्क रहेको छ । तर, न्यायपरिषद प्रवक्ता मानबहादुर कार्कीले भने जुन ऐनअन्तर्गत मुद्दा दायर भएको हो, सोही ऐन अनुसार निलम्बन हुने पनि बताएका छन् ।

प्रक्रियागतरुपमा जानकारी पुगेपछि न्यायाधीश गौतम स्वतः निलम्बनमा पर्ने उनको भनाइ छ । उनले इजलास तोकिएकोबारे आफूलाई थाहा नभएको र पत्रपत्रिकामा समाचार आएका आधारमा भन्दा पनि अख्तियारले यसबारे चिठी लेखेर सम्बन्धित ठाउँमा जानकारी गराउनुपर्ने पनि बताए । यता कांग्रेस उपसभापति बिजयकुमार गच्छदार भने भ्रष्टाचार निवारण ऐन अनुसार नै प्रतिनिधिसभा सदस्यबाट स्वतः निम्लम्बित भईसकेका छन् ।