२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन, यी चार स्थानमा राखिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुको उपस्थितिमा बालुवाटारमा भएको बिहीबार बिहानको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

‘शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्नु र नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन ढिला नगर्नु’, प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन छ ।