२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बिहानै लिटिल बुद्धलाई खोज्दै प्रहरी



अ+ अ-

काठमाडौं । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली उनको आश्रममा पुगेको छ। आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका बम्जनलाई पक्राउ गर्न शुक्रबार बिहानै प्रहरी सिन्धुलीस्थित उनको आश्रमस्थल पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार हालसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन। बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ। व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।