२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीको अन्डरपासमा दुई जनाको ज्यान लिने टिप्पर चालक पक्राउ



अ+ अ-

काठमाडौँ । बुधबार राति कलंकीको अन्डरपासमा बा४ख ८५७९ नम्बरको टिपरले प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । आज दुई दिनपछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिन फिल भएको छ । प्रहरीले २६ वर्षीय टिप्पर चालक अनिल लामालाई बिहीबार राति सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौँ ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जनाएको छ ।

चालक लामा टिपरसहित मोटरसाइकललाई ठक्कर दिएर फरार भएका थिए । तर टिपर भने बिहीबार दिउँसो प्रहरीले नख्खुस्थित चन्द्र सूर्य ग्यारेजमा लुकाइएको अवस्थामा फेला परेको थियो।

टिपरको ठक्करबाट रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो । पक्राउ परेका चालकमाथि अथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।