४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार: मन्त्री गुरुङ

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार: मन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपाङ्गता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री गुरुङले भने, “यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।”

महासङ्घका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपाङ्गता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपाङ्ग भएका व्यक्ति छन् । ग्रामीण भेगमा उनीहरुको अवस्था अत्यन्तै नाजुक छ । यसका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ भने । महासङ्घका उपाध्यक्ष रामप्रसाद ढुङ्गानाले अझै पनि धेरै भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् । अपाङ्गता भएका व्यक्तिको सञ्चार सेवा निर्देशनको समयानुकूल परिमार्जन गरी सार्वजनिक यातायातका सवारी साधन, सूचना तथा सञ्चार प्रविधिलाई अपाङ्गमैत्री बनाउन तथा यसको कडाइका साथ कार्यान्वयन गर्न र गरउन पनि सरकारको ध्यानाकर्षण आवश्यक रहेको उनीहरुले बताएका छन् ।

त्यसैगरी उनीहरुले अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जीवन बीमा, पेन्सन आदि कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ ।