२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनाल भन्छन् – एमसीसीका सामग्री अध्ययन हुँदैछ



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ । कार्यदलका संयोजक एवं वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताए ।

उनले कुनैपनि आवेग, आक्रोस र भावनामा नरही तथ्यहरुको आधारमा सत्य पत्ता लगाउने तर्फ बैठक अगाडि बढेको बताए । नेता खनालले अबको १० दिन भित्र अध्ययन सक्ने समेत बताए ।

कार्यदलका सदस्य भीम रावलले सबै सामग्री जुटाई अध्ययन गर्ने कुरा बैठकमा भएको जानकारी दिए । उनले सबै सान्दर्भिक सामग्रीहरु प्राप्त गरेर अध्ययन गर्ने विषयमा छलफल भएको बताए ।

नेता खनालकाे संयाेजकत्वमा गठित तीन सदस्यीय कार्यदलमा नेता रावलका साथै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली छन् । नेकपाकाे पूर्ण बैठकमा एमसीसीका बारेमा व्यापक अालाेचना भएपछि नेता खनालकाे संयाेकत्वमा तीन सदस्यीय कार्यदल बनेकाे थियाे ।

एमसीसी मार्फत अमेरिकी सरकारले नेपाललाइ पूर्वाधार निर्माणका लागि करिब ५५ अर्ब रूपैयाँ अनुदान दिनेछ । तर यस कार्यक्रमलाइ अमेरिकाले इन्डाे प्यासिफिक रणनीति अन्तर्गत राखेकाे र त्यसमार्फत चीनलाइ घेर्ने रणनीति भएकाे नेकपाका नेताहरूकाे धारणा छ । तर मुख्य विपक्षी नेपाली काँग्रेसले विकासका लागि प्राप्त हुन लागेकाे एमसीसीकाे अनुदान नेपालले लिनु उपयुक्त हुने बताइरहेकाे छ ।