२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी सेना प्रमुख नेपाल भ्रमणमा



अ+ अ-

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद शुक्रबार काठमाण्डौ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरेकाे नेपाली सेनाले जनाएकाे छ ।

श्री अजिजले शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनकाे सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा उनले पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएकाे छ ।

उनले माघ २६ गते प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । साथै, सेना प्रमुख अजिजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुका साथै नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । पाँच दिने औपचारिक भ्रमण पुरा गरी सेना प्रमुख अजिज माघ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्वकाे भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।