९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार तथा लोकतान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ पत्रकार तथा बीपी विचारका अभियन्ता होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। दाहालको बिहिबार साँझ वीर अस्पतालमा उपचारका लागि पुर्‍याइँदै गर्दा निधन भएको बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्व मन्त्री रहनु भएका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत हुनुहुन्थ्यो। पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान उल्लेखनीय मानिन्छ।

केही समयदेखि अस्वस्थ रहनु भएका दाहालको निधनले पत्रकारिता क्षेत्र र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ।

दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत हुनुहुन्छ। उहाँका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्शु दाहाल हुनुहुन्छ।

दिवंगत दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।