१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको अनर्गल प्रचारप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संस्थागत निर्णयविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत र संस्थागत रूपमा भएका निर्णयलाई लिएर भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने तथा कार्यकर्ता विभाजित गर्ने गतिविधि पार्टीको हितविपरीत भएको निष्कर्ष निकालेको हो।

बैठकपछि जारी विज्ञप्तिमा विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको तथा निर्वाचन नजिकिँदै गएको सन्दर्भमा यस्ता गतिविधि अवाञ्छित हुने उल्लेख गरिएको छ। राप्रपाले पार्टीप्रति भ्रम फैलाउने कुनै पनि कार्यमा संलग्न नहुन समग्र पार्टी पंक्तिलाई आग्रह गरेको छ।

पार्टीले संस्थागत रूपमा गरेका निर्णयको स्वामित्व हरेक तहका सदस्यले लिनु आफ्नो कर्तव्य, धर्म र जिम्मेवारी भएको पनि स्मरण गराइएको छ।




भर्खरै