१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

भन्सारले कबाडी रोक्दा कारागारको पत्र

भन्सारले कबाडी रोक्दा कारागारको पत्र
अ अ+ अ-

काकडभिट्टाः झापाको काकडभिट्टा भन्सार कार्यालयले स्थानीय सुरक्षा निकायको सहयोग र समन्वयमा भन्सार क्षेत्रमा सुधारका कामहरुलाई तिब्रता दिएको छ । नेपाल भारत सीमानाको मेची पुल ओहोरदोहोर गर्ने साना तथा ठूला व्यापारीलाई भन्सार चेकपोस्टबाट सामान जाँच गराई लाग्ने राजश्वको रसिद काटेर व्यापार गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि गराइएको हुँदा पुस महिनाको लक्ष्य अनुरुपको राजश्व संकलन भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताए । पुस महिनामा लक्ष्य अनुरुप १००.१२ प्रतिशत राजश्व संकलन भएको र माघ महिनामा समेत लक्ष्य अनुरुप राजश्व संकलन हुने उनले बताएका छन् ।

भन्सारमा रसिद नकाट्ने प्रवृत्तिलाई निरुत्साहित गर्न थप कार्यक्रमहरु हुने गरेका छन् । हालै सामुदायिक प्रहरी साझेदारी कार्यक्रमसँग भन्सारको समेत सक्रियतामा काँकडभिट्टा बहुमुखी क्याम्पस र नकलबन्दामा विभिन्न प्रश्नोत्तर सहितको कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईका ती कार्यक्रमहरूको प्रभाव भन्सार र शान्ति सुरक्षाको क्षेत्रमा सकारात्मक रुपमा परेको छ । सो नाका हुँदै भारतको पानीटंकी, नक्सलबाडी, सिलिगुडी, जस्ता बजारमा नेपालीहरुको किनमेल सोझो रुपमा भैरहेको छ । उनीहरुले नेपालमै पाइने सस्ता सामानहरु समेतको किनमेल उतै गर्ने, सामान्य विवाह, ब्रतबन्ध, मरिमराउ, पास्नी जस्ता कार्यक्रमका लागि समेत किनमेलको बजार उतै रोज्ने प्रचलन नै छ । सो बाहेक दैनिक जीवनमा आवश्यक पर्ने दुई चार किलो चिनी, तरकारी, दाल, चामल, गेडागुडी, बिस्कुट आदि समेतका लागि सस्तोको मानसिकतामा उतैको बजार जाने गर्दछन् । त्यसमा समेत भन्सार ऐनले तोकेको परिणाम बाहेकमा रसिद काट्ने सिस्टममा काँकडभिट्टा भन्सार कार्यालयले उल्लेख्य प्रगति गरेको छ ।
भन्सारका मुख्य समस्या दुईवटा देखिएकोमा त्यसलाई सुल्झाउन प्रयास गरिएको भन्सार प्रमुख विश्वकर्माले बताए । आयातमा प्रतिबन्धित कबाडी, थोत्रा टायरलाई रोकिएको छ । खासगरी यस कारोबारमा महिलाको बढी संलग्नता देखिएको छ । यसमा पूर्ण रोक लगाइएको छ । तर पनि केही यस व्यवसायमा संलग्न महिलाहरु कारागारमा कैदीका लागि कवाडी टायर प्रयोग हुने भनी कारागारको पत्र बोकेर आउने गरेका छन् । तर ऐनले पूर्ण प्रतिबन्ध गरेको विषयमा समेत चेतनाको कमीले रोजीरोटीका नाममा पाउनु पर्छ भन्ने गरिएकाे छ, तर त्यसमा राेक लगाइएकाे उनले बताए ।

अर्को ठूलो समस्या यातायातको रहेको छ । भारतीय नम्बर प्लेटका गाडीहरु मेची पुल वारी भन्सार कार्यालयको माथिपट्टी दिनभरजसो पार्किङ गरेर बस्ने गरेका थिए । सुरक्षाकर्मीको सहयोगमा ती सवारी हाल हटाइएको छ । यसले सीमामा हुने तस्करी, चोरी निकासी, अपराध जस्ता गैरकानुनी कृयाकलापमा समेत कमी आएको छ । यसरी नेपाली भूमिमा भारतीय गाडीहरुको व्यावसायिक केन्द्र बनेको थियो । यो कामलाई अबका दिनमा पनि निरन्तरता दिन राज्यको ध्यान पुग्न जरुरी छ । त्यस्तै सिटी यातायातका कारण वारीपारी गर्नेक्रममा पार्किङ गर्ने प्रवृत्तिलाई कडाईका साथ हटाइएको छ ।

यसमा मेची वारी र पारीकै सरकारी संयन्त्र तथा सम्बन्धित व्यावसायीको छलफल बैठकले नेपाली सिटी सवारी पानीटैंकीसम्म पुग्ने र फर्किहाल्ने, तथा भारतीय सिटी सवारी काँकडभिट्टा आउने र फर्किहाल्ने, पार्किङ गरेर नबस्ने सहमति भएको छ । मेची पारीबाट नेपाल भित्रने सिटी सवारी, अन्य सवारी वा पैदल यात्री जोकोही पनि भन्सार पोस्टमा चेकजाँच नभई, नगराई भित्रिन नपाउने भएका छन् । यसका निम्ति भौतिक संरचनाको वैज्ञानिक निर्माण समेत भइरहेको छ ।

झापाको काँकडभिट्टाबाट भारत प्रवेश गर्ने मेची पुल नै नेपाल भारतको सीमा पुल हो र त्यसको समेत आधुनिक पुनर्निर्माण भैरहेको छ । तर बिडम्बना के छ भने त्यही मेची पुलमुनि करिब एक सय घर भएको बस्ती छ । त्यो बस्ती यस्तो छ कि नेपालको भागपट्टी नै बढी छ । कतिपय समयमा मेची पुल माथिबाट सामानहरु पुलमुनी खसालिन्छ । त्यो भन्सार, सुरक्षा समेतका सरकारी संयन्त्रले समेत देखेका छन् र बुझेका छन् । हाल उक्त विषयमा नदेखेझैं गर्नुको विकल्प छैन भन्ने सुरक्षा स्रोतको भनाई छ । राज्यले नै सो बस्तीमा भारतीय पक्षसँग समेत कुरा गरी सहमतिमा सरकारी स्तरबाटै व्यवस्था मिलाउनुको विकल्प छैन ।