१० भाद्र २०८३, बुधबार
,
Latest
जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नमुना मतपत्र छपाइ सुरु



अ+ अ-

भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि लागू हुने पहिलो हुने निर्वाचित हुने (First-Past-The-Post) निर्वाचन प्रणाली अन्तर्गतको नमुना मतपत्र छपाइ कार्य सुरु भएको छ । जनक शिक्षा सामाग्री लिमिटेड, भक्तपुरमा नमुना मतपत्र छपाइ कार्य सुरु गरिएको छ।

मतदातालाई मतदान प्रक्रिया बुझाउन, राजनीतिक दल तथा उम्मेदवारको नाम, चुनाव चिह्न र मत हाल्ने तरिका स्पष्ट पार्न नमुना मतपत्र प्रयोग गरिने आयोगले जनाएको छ।

निर्वाचन तयारीका अन्य कामसँगै नमुना मतपत्र छपाइले मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। आयोगका अनुसार समयमै मतपत्र व्यवस्थापन, परीक्षण र वितरण सुनिश्चित गर्न छपाइ प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइएको छ।

आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले आवश्यक सबै प्राविधिक र प्रशासनिक तयारी तीव्र पारिएको निर्वाचन आयोगले जनाएको छ।

तस्बिर:प्रदीपराज वन्त -निर्वाचन आयोग