२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलाकालिका केबलकार स्थानीय सहभागिताको नमूना प्रोजेक्ट बन्नेछ– ढकाल



अ+ अ-

गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौलाकालिका केबलकार नेपालमा स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा निर्माण हुन गइरहेको बताएका छन् ।

गैँडाकोट नगरपालिकामा स्टेसन भइ प्रसिद्ध देवीस्थल मौलाकालिकामा निर्माण हुन लागेको सो केबलकार आयोजनामा कुनै पनि निजी क्षेत्रको आयोजनामा स्थानीय समुदायको उदाहरणीय सहभागितासहित एक नमूना यसमा प्रस्तुत हुने जानकारी उनले दिए ।

गैँडाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित गैँडाकोट महोत्सव समापन सभालाई सम्बोधन गर्दै उनले भने– यस केबलकारलाई हामीले नेपालको एक प्रसिद्ध धार्मिक पर्यटनका हिसाबले अघि बढाउन खोजेका छौँ र यसलाई स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा पनि विकास गर्ने हाम्रो प्रयत्न छ ।

उनले केही समयपछि नै यो केबलकार सञ्चालनमा आउने जानकारी दिए । केही औपाचारिकताका कामहरु बाँकी छन्, त्यसपछि चाँडै नै यो केबलकार सञ्चालनमा आउँदैछ– उनले भने ।

यो आयोजनाले नेपालभरिका पर्यटकीय स्थलहरुमा बन्न सक्ने होटल, रिसोर्ट, फनपार्क या अन्य कुनै पनि सम्भावित प्रतिष्ठनको स्थापना र सञ्चालनमा स्थनीय समुदाय तथा निजी क्षेत्र, स्थानीय या केन्द्र सरकार समेतको संयुक्त सहभागिताको नमूना प्रस्तुत गर्ने उनले बताए ।

उनले आफूले आगामी कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेको भन्दै सहयोगका लागि निजी क्षेत्रका सबै प्रतिनिधिहरुलाई उनले आग्रह पनि गरे । आफूले महासंघको नेतृत्वमा पुगेर नेपालमा लगानीको वातावरण निर्माण गर्ने, केन्द्र प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा उद्योगी व्यवसायीहरुका व्यावसायिक समस्याहरु हल गर्न प्रयत्न गर्ने, कर लगायतका हाल निजी क्षेत्रलाई परिरहेका समस्याहरुको समाधान गरी देशमा लगानीमैत्री वातावरण निर्माण गर्न लागिपर्ने  प्रतिबद्धता पनि व्यक्त गरे ।  




भर्खरै