२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलाकालिका केबलकार स्थानीय सहभागिताको नमूना प्रोजेक्ट बन्नेछ– ढकाल



अ+ अ-

गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौलाकालिका केबलकार नेपालमा स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा निर्माण हुन गइरहेको बताएका छन् ।

गैँडाकोट नगरपालिकामा स्टेसन भइ प्रसिद्ध देवीस्थल मौलाकालिकामा निर्माण हुन लागेको सो केबलकार आयोजनामा कुनै पनि निजी क्षेत्रको आयोजनामा स्थानीय समुदायको उदाहरणीय सहभागितासहित एक नमूना यसमा प्रस्तुत हुने जानकारी उनले दिए ।

गैँडाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित गैँडाकोट महोत्सव समापन सभालाई सम्बोधन गर्दै उनले भने– यस केबलकारलाई हामीले नेपालको एक प्रसिद्ध धार्मिक पर्यटनका हिसाबले अघि बढाउन खोजेका छौँ र यसलाई स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा पनि विकास गर्ने हाम्रो प्रयत्न छ ।

उनले केही समयपछि नै यो केबलकार सञ्चालनमा आउने जानकारी दिए । केही औपाचारिकताका कामहरु बाँकी छन्, त्यसपछि चाँडै नै यो केबलकार सञ्चालनमा आउँदैछ– उनले भने ।

यो आयोजनाले नेपालभरिका पर्यटकीय स्थलहरुमा बन्न सक्ने होटल, रिसोर्ट, फनपार्क या अन्य कुनै पनि सम्भावित प्रतिष्ठनको स्थापना र सञ्चालनमा स्थनीय समुदाय तथा निजी क्षेत्र, स्थानीय या केन्द्र सरकार समेतको संयुक्त सहभागिताको नमूना प्रस्तुत गर्ने उनले बताए ।

उनले आफूले आगामी कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेको भन्दै सहयोगका लागि निजी क्षेत्रका सबै प्रतिनिधिहरुलाई उनले आग्रह पनि गरे । आफूले महासंघको नेतृत्वमा पुगेर नेपालमा लगानीको वातावरण निर्माण गर्ने, केन्द्र प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा उद्योगी व्यवसायीहरुका व्यावसायिक समस्याहरु हल गर्न प्रयत्न गर्ने, कर लगायतका हाल निजी क्षेत्रलाई परिरहेका समस्याहरुको समाधान गरी देशमा लगानीमैत्री वातावरण निर्माण गर्न लागिपर्ने  प्रतिबद्धता पनि व्यक्त गरे ।