२८ श्रावण २०८३, बिहीबार
,
Latest
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना राष्ट्रियसभाको बैठक बस्दै म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी उपत्यकाका नेवार समुदायले बिशेष रुपमा मनाउने गुँला पर्व आजदेखि सुरु बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई निर्वाचन केन्द्रित हुन मुख्यमन्त्री कँडेलको निर्देशन



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पक्षमा मतदान गराउन वडा–केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संसद् पुनःस्थापनासँगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकाले अब वडा केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

भदौ २३ र २४ पछि मुलुकको अवस्था सामान्य नरहेको उल्लेख गर्दे उहाँले भन्नुभयो, “देशलाई अस्थिर बनाउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै हो भन्ने विषय हामीले जनतामाझ पु¥याउन सक्नु पर्दछ ।”

पार्टीले समानुपातिकतर्फको सूची बुझाइसकेको भन्दै उहाँले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पार्नुभयो ।रासस