११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन दर्ता

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन दर्ता
अ अ+ अ-

धनुषा। मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त सिट अन्य महिला, दलित, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूहअन्तर्गतका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट अल्पसङ्ख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेससँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट महिलातर्फ महोत्तरीकी रेखा झा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उम्मेदवारी दिएका छन् ।

यसैबीच, गठबन्धनमा आबद्ध रहेको भनिए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले भने अन्य समूहमा महन्थ ठाकुरको उम्मेदवारीबाहेकका तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालले अल्पसङ्ख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट नेकपा बाहिरिएपछि लोसपा र जसपा नेपाललाई एक–एक सिट दिने सहमति भएको तर त्यसको कार्यान्वयन नभएकाले अलग उम्मेदवारी दर्ता गर्नुपरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद प्रसाद साहले बताउनुभयो ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले अलग्गै चार सिटमा उम्मेदवारी दर्ता गराएको छ । नेकपाले दलिततर्फ शम्भु पासवान, अन्यतर्फ लक्ष्मण पौडेल, अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ रामानन्दप्रसाद र महिलातर्फ समी अग्रवाललाई उम्मेदवार बनाएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका मतदातामा १०४ जना प्रदेशसभा सदस्य छन् । त्यसैगरी, २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । रासस