५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग

कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग
अ+ अ-

काठमाडौँ । कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरुले बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरुले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ । लजिस्टीक कस्ट ३५ प्रतिशतसम्म लाग्दै आएको छ । ट्रान्जिट कस्ट पनि अरु देशमा १ महीनामा हुनेमा हाम्रोमा २ महीना लाग्ने गरेको छ ।  यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्नुपर्छ ।’

नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । उहाँकाअनुसार स्वदेशी उद्योगबाट उत्पादित वस्तुको खपत बढाउने नीति सरकारले लिनुपर्छ ।  अध्यक्ष पाण्डेले भन्नुभयो– ‘वाह्य क्षेत्र राम्रो देखिएपनि आन्तरीक रुपमा निकै समस्या छ । उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ । स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्नुपर्छ । यस्तो नीतिले नै अर्थतन्त्र बलियो बनाउछ । आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान संचालन गर्नुपर्छ ।’ 

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष, सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार, निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।   उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘निजी क्षेत्रले अहिलेसम्म पुँजी लगानी गर्ने वातावरण बन्नसकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । उत्पादनदेखि बजारीकरण, निर्यातमुखी उद्योगसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको छ । यस्तो अवस्थामा निर्यातमुखी व्यवसायीको हक हित संरक्षण हुनुपर्छ । हाल अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक छैनन् । बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम हुँदाहुँदैपनि कर्जा विस्तार हुन सकेको छैन । यसको स्पष्ट अर्थ हो मुलुकमा लगानीमैत्री बातावरण बन्न सकेको छैन । निजी क्षेत्रमा विश्वासको अभाव छ । जेनजी आन्दोलनपछि मुलुकको अर्थतन्त्र कठिन अवस्थामा ग्रुजिरहेको छ ।’

अहिलेपनि उद्योगहरु लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।