८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट शेखरले पाए तीन सिट



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनको लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहले तीन सीट पाएको छ । नेकपा एमालेसँगको चुनावी तालमेलमा कांग्रेसले नौ पाएकोमा तीन सिट कोइराला पक्षले पाएको हको ।

कोइराला समूहले तीन सिटमा मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।

बाँकी छ सिटमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललतिजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने निर्वाचनको लागि कसैलाई पनि सिफारिस गरेका छैनन् ।