८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकथाम नभए कोरोनाबाट साढे चार करोड मानिसको मृत्यु हुन सक्ने खतरा



अ+ अ-

काठमाडौं । हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउका अनुसार कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने बताईएको छ । कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आँकलन छ।

विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृत्युदरले पनि साढे ४ करोड मानिसको मृत्यु हुन्छ । यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ ।

तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु मर्न सक्ने खतरा भने टरेको छैन्।विशेषज्ञहरुले विस्तारै कोरोना संक्रमण घट्ने भए पनि यसलाई कम आक्न नहुने बताएका छन् ।