२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित पक्राउ



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट ठूलो परिमाणको लागु औषध खैरो हिरोइनसहित आज एक युवक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका–२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका रानालाई चेकजाँच गरेको थियो ।

बरामद सामग्री चेकजाँचका क्रममा रानाले साथमा लुकाइछिपाई राखेको सेतो प्लास्टिकभित्र लागुऔषध खैरो हिरोइन २१ ग्राम १३० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको उहाँले बताउनुभयो ।

पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस