१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

अख्तियार स्थापना दिवस
भ्रष्टाचार महारोग, तामा तुलसी चाहिने भयो: प्रधानमन्त्री ओली

अख्तियार स्थापना दिवसभ्रष्टाचार महारोग, तामा तुलसी चाहिने भयो: प्रधानमन्त्री ओली
अ अ+ अ-

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागी तामा तुलसी छुवाउनु पर्ने अबस्था उत्पन्न भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने पहिला पहिला तामा तुलसीको डरले पनि मान्छे भ्रष्टाचार गर्न अग्रसर हुदैन थियो तर अचेल डर भन्नेकुरा नै हरायो , भ्रष्ट्राचार गर्नेको पो सिर ठाडो गरेर हिड्ने अबस्था भयो ।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुमा सरकारले कुनै पनि हस्तक्षेप तथा प्रभाव नपार्ने स्पष्ट पार्दै वर्तमान सरकारको मनशाय नै यस्ता संवैधानीक निकायहरुको स्वतन्त्रता रहेको बताउदै आगामी दिनमा भ्रष्टाचार विरूद्धकोअभियानमा थप सफलता प्राप्त होस् भनी आयोगलाई शुभकामना समेत व्यक्त गरे । उनले भ्रष्टाचारलाई समाजको महारोगको संज्ञा दिँदै भ्रष्टाचार विरुद्धको कारबाहीमा आयोगले हालका दिनहरुमा गरेका कार्यहरु तथा देखाएको क्रियाशिलताको प्रशंसा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रवपति भण्डारीले संवैधानिक निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धानआयोगका कामकारबाहीहरूबाट राज्यप्रदत्त सेवा र सुविधाहरू सरल र सहज रुपमाप्राप्त हुने व्यवस्था सुनिश्चित गर्न, विनियोजित स्रोत साधनको सदुपयोगगर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पुग्नेअपेक्षा व्यक्त गर्दै वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएको बताउदै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सरोकारवाला सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको उल्लेख गर्दै सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख आयुक्त नवीन कुमार घिमिरेले संविधान र कानूनले सुम्पेको जिम्मवारीअनुरुप भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्नेतर्फ सार्थक योगदान पुर्याकउनु नै आयोगको उद्देश्य भएको बताउँदै आयोग प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक विधिमार्फत् उद्देश्य प्राप्तितर्फ क्रियाशील रहेको कुरा निवेदन गर्दै आगामी दिनमा अझै दक्षता र प्रभावकारिताका साथ कार्यसम्पादन गर्नका लागि आयोगले हालै मात्र आफ्नो संस्थागत रणनीतिक योजना ९२०७६।७७(२०८०।८१० कार्यान्वयनमा ल्याई उक्त रणनीतिक योजना अनुरुप उल्लेखित तीन रणनीतिका अतिरिक्त संस्थागत क्षमता विकासलाई चौथो रणनीतिका रुपमा अंगिकार गरी प्रविधि, जनशक्ति र पूर्वाधार विकासमा जोड दिएको बताए ।

उनले आयोग रहरले नभई बाध्यताले अनुसन्धान कार्यमा प्रवेश गर्ने बताउँदै भ्रष्टाचार हुन नपाओस् भन्ने मनशायले आयोगले निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिमा जोड दिएको कुरा उल्लेख गरे । साथै उनले भ्रष्टाचार हुनुभन्दा अगावै रोकथाम गर्नु सबैभन्दा राम्रो रणनीति भएको तथ्य मनन गरी सार्वजनिक निकायहरूबाट नीति, पद्धति र सदाचारिताका आधारमा कार्यसम्पादन भएमा भ्रष्टाचारको रोकथाम हुनसक्ने बताउँदै सार्वजनिक सेवाप्रवाह र सार्वजनिक खरिदका कार्यहरू पूर्णतया कानूनी मापदण्ड र प्रक्रियाका आधारमा सञ्चालन भएमा धेरै हदसम्म भ्रष्टाचार हुनबाट रोक्न सकिने हुँदा आयोगले समन्वय र सहजीकरणका विभिन्न प्रयासहरुमा जोड दिंदै आएको बताए ।

उक्त अवसरमा उनले सामाजिक पद्धतिको उपपद्धतिका रुपमा स्थापित भ्रष्टाचारलाई न्यूनीकरण गर्न सबै निकायको सक्रिय सहयोग र साथको आवश्यकता रहेको बताउँदै वृहत्तर सामाजिक हितलाई केन्द्रमा राख्दै प्रत्येक सार्वजनिक पदाधिकारी र राष्ट्रसेवक कर्मचारीहरूले आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गरेमा भ्रष्टाचार स्वतस् न्यूनीकरण भै सुशासन प्रवर्द्धन हुने कुरामा विश्वस्त हुन सकिने बताए । आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नमा उपस्थित सबै व्यक्तित्वहरूको सद्भाभाव आयोगलाई प्राप्त भएको अनुभूति हुनुका साथै आयोग परिवारलाई आगामी दिनमा थप उर्जा, हौसला र निष्ठासहित क्रियाशील रहन थप प्रेरणा प्राप्त भएको कुरा बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपतिले आयोगका २ जनाकर्मचारीहरूलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र १३जना कर्मचारीहरूलाईउत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गर्नुका साथै आयोगबाट प्रकाशितस्मारिका–२०७६ लोकार्पण समेत गरेकी थिईन । कार्यक्रममा प्रधानमन्त्रीले वक्तृत्वकला तर्फ रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीका छात्र विक्रम पन्थी प्रथम तथा कविता तर्फ हेटौंडा क्याम्पस, हेटौंडा, मकवानपुरका छात्र पुजन ढुङ्गाना – प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेकी थिईन् । कार्यक्रमको उत्तरार्द्धमा सञ्चालित जनचेतनामूलक सांस्कृतिक कार्यक्रममाविभिन्न कलाकारहरूद्वारा भ्रष्टाचार विरूद्धका सन्देश प्रवाह गर्ने गित र नृत्य प्रस्तुत गरिएको थियो।