२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो ।

यसैगरी निज शर्माकै कोठामा काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

यसैबीच प्रहरीले सुनका गरगहनालगायतका सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २२ वर्षीय मनोज थापा रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट सुन, मोबाइल, घडीलगायतका धनमाल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निज थापाको घर खानतलासी गर्ने क्रममा सुनका सामानसहित पक्राउ गरिएको हो ।”

पक्राउ परेका निज थापाको घरबाट सुनजस्तो देखिने पहेँलो धातुले बनेको पोतेसहितको तिलहरी एक थान, सुनजस्तो देखिने पहेँलो धातुले बनेको औँठी एक थान, आइफोन एक थान, सामसुङ कम्पनीको आइप्याड एक थान, रियलमी कम्पनीको मोबाइल एक थान, आइटेल लेखिएको कि प्याड मोबाइल एक थान, गितार दुई थान, क्यासियो लेखिएको घडी एक थान तथा पाइनिङ लेखिएको पावर ब्याङ्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज थापाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस