४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका गलत क्रियाकलापविरूद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । सरकारका गलत क्रियाकलापविरूद्ध नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएकाले विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आरोप लगाएको छ।

‘सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म र भावनाविपरीतका विधेयक तथा जनविरोधी क्रियाकलापविरूद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

तर कांग्रेसले विरोधका कार्यक्रम के गर्ने र कहिले गर्ने भन्नेबारे प्रष्ट खुलाएको छैन। उपसभापति विजयकुमार गच्छदारलाई ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगाएपछि कांग्रेसले सदन र सडकमा आन्दोलन गरेको थियो।