६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेबाट एकल सिफारिस भएका २५ नेता



अ+ अ-

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन्।

सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ। केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन्।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ। एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्र यस प्रकार रहेका छन्–

केपी शर्मा ओली – झापा–५

विष्णु पौडेल – रुपन्देही–२

शंकर पोखरेल – दाङ–२

लेखराज भट्ट – कैलाली–४

महेश बस्नेत – भक्तपुर–२

प्रदीप ज्ञवाली – गुल्मी–१

ईश्वर पोखरेल – काठमाडौँ–५

लीलानाथ श्रेष्ठ – सिरहा–३

अजय गुप्ता – रौतहट–१

हरि उप्रेती – सर्लाही–३

तिलक महत – नवलपुर–२

मिलन गुरुङ – गोरखा–२

बद्री मैनाली – नुवाकोट–१

सूर्य ढकाल – बाँके–१

दलबहादुर सुनार – बाँके–३

विश्राम चौधरी – कपिलवस्तु–१

सुहाङ नेम्वाङ – इलाम–२

लक्ष्मी महतो कोइरी – महोत्तरी–१

ध्रुव शाही – सुर्खेत–१

कलाधर देवकोटा – सुर्खेत–२

गुलाबजंग शाह – सल्यान

मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव)

दामोदर भण्डारी – बैतडी

गणेश ठगुन्ना – दार्चुला

राजेन्द्र कुमार राई- धनकुटा

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने एमालेले जनाएको छ।