काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा संसदलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकको सुरुआतमै सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए। प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिएका हुन्। प्रतिनिधि सभाको बैठक शुक्रबार २ बजे बस्दैछ।