१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल



अ+ अ-

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको  छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आज एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गर्नुभएको हो ।

सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित टीकाटिप्पणी गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कार्यवाही हुनेछ ।”

यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक सङ्घ/सङ्गठन, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरुलाई  शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ । रासस