९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो ।

झाले विवेकशीलसँग पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ । मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहनुभएको छ ।

उहाँले भन्नुभयो, ‘विवेकशील पार्टी रास्वपासँग एकीकरण भएपश्चात त्यो पार्टीको नेतृत्व तहमा रहनुभएका सात जनालाई आजदेखि केन्द्रिय समितिमा मनोनित गरेका छौँ ।

त्यस्तै पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा प्रत्यक्ष निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेका छौँ ।

पार्टी समायोजन प्रक्रियाको थप प्रक्रिया अगाडि बढाउनको लागि पार्टी महामन्त्रीज्यूको नेतृत्वमा दुईवटा कार्यदल पनि गठन भएको छ । त्यस्तै, पार्टीमा थप दलहरु समेत आवद्ध भएको अवस्थामा दुई जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता थप्ने निर्णय पनि केन्द्रीय समितिले पास गरेको छ ।’

उहाँले पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाको कामहरु अगाडि बढाउनको लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल समेत गठन गर्ने निर्णय गरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल