५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

उपराष्ट्रपति डेल्सीलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी

उपराष्ट्रपति डेल्सीलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
अ+ अ-

एजेन्सी । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।

ट्रम्प प्रशासनले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सेलिया फ्लोरेसलाई गिरफ्तार गरेपछि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी लिएकी हुन् ।

भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको ठहर गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

मादुरो र उनकी श्रीमती सिलियालाई जनवरी ४ मा मध्यरातमा नियन्त्रणमा लिई अमेरिका लगिएको थियो । कडा सुरक्षाबीच मादुरोलाई अमेरिकी सेनाको विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो ।

न्यूयोर्कमा मादुरो र उनकी श्रीमतीलाई मेडिकल जाँच गरि म्यानहट्टन लगिएको छ । मादुरोलाई कानुनी कारबाहीका लागि ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ भने अर्को हप्ता उनीमाथि म्यानहट्टनको संघीय अदालतमा लागुऔषध र हतियारको तस्करी सम्बन्धी मुद्दामा मुद्दा चलाइने बताईएको छ ।

यसअघि, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।