काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार प्रतिनिधी सभाको वैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका हुन्।
वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा प्रधानमन्त्री ओलीले शुक्रवारको गर्ने भनिएको सम्बोधन कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।