८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत गर्नुभएको थियो । प्रश्तावित कार्यतालिकालाई केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताउनु भयो । उहाँकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिजीले जुन प्रश्ताव प्रश्तुत गर्नुभएको छ, यो विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ । १५ औं नियमित महाधिवेशन पुस २६,२७ र २८ गतेका लागि तोकिएको थियो, त्यसको संशोधित कार्यतालिका आएको छ । २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौंमा हुनेगरी नयाँ कार्यतालिका कार्य समितिको बैठकमा प्रश्तुत भएको छ । त्यही नै पारित भएको छ ।’
यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रश्तुत गरेको थियो । –न्युज एजेन्सी नेपाल