९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर छः मन्त्री चौलागाईं



अ+ अ-

काठमाडौँ ।    अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसबारे सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताउनु भयो । उहाँले विगतमा विभिन्न कारणले हेलचेक्र्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै दुःख पाइरहेको बताउनु भयो । विगतको सिकाईबाट अहिले नागरिकले पाउने सेवामा सहजता प्रदान गरिरहेको उहाँको दाबी छ ।

मन्त्री चौलागाईंले भन्नुभयो, ‘विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर छ । तपाईंहरुले यसको धेरै संकेत पाउनुभयो पनि होला । काम पनि भइरहेको छ । विगतमा विभिन्न कारणले हेलचेक्र्याईं गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका कार्यक्रमले धेरै दुःख भएको छ । अहिले यसलाई विगतको सिकाईबाट कसरी सहजीकरण गर्ने भन्नेकुरा अहिलेको सरकारको सोच छ । त्यसतर्फ हामी काम गर्नेछौँ ।’

मन्त्री चौलागाईंले अनावश्यक झैझगडाबाट मुक्त हुने र सरकारलाई सुशासित बनाउने अहिलेको सरकारको म्याण्डेट रहेको बताउनु भयो ।