१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ सचिवको सरुवा, को कहाँ ?



मन्त्रिपरिषद बैठक
अ+ अ-

काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ ।

पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ । गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ।

यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव  कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ल्याइएको छ ।

युवा तथा खेलकुद सचिव डा। हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।लम्सालको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।