२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

हात्ती महोत्सवः हात्ती पूजा गरी वनभोज खुवाइयो

हात्ती महोत्सवः हात्ती पूजा गरी वनभोज खुवाइयो
सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन आज हात्तीको बनभोजका लागि परिकार तयार पारिँदै । कुची, सक्खर, पाउरोटी, उखु लगायत हात्तीलाई मनपर्ने १६ प्रकारका खानाका परिकार तयार गरिएको छ। तस्बिरः सनद अधिकारी / रासस
अ अ+ अ-

नारायणगढ । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित बनभोज खुवाइएको छ ।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार, अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवान्को रुपमा पूजन गरिएको हो । धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो ।

पूजापछि हात्तीलाई विभिन्न परिकारहरू खुवाइएको थपलियाले बताउनुभयो । वनभोजमा कुची, सक्खर, पाउरोटी, उखुलगायत हात्तीलाई मनपर्ने १६ प्रकारका खानेकुरा राखिएको थियो । आजै हात्ती पेनाल्टी प्रतियोगिता पनि सम्पन्न भयो । प्रतियोगितामा लक्ष्मीकली प्रथम हुन सफल भइन् ।