८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नेपालीहरुको घरघरमा विद्युत पुग्छ : मन्त्री पुन



अ+ अ-

काठमाडौं । सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पुर्याउने योजनाका साथ काम अघि बढेको बताएको छ ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्याउने गरी काम भइरहेको बताउनुभएको हो । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेको बताउनुभयो । मन्त्री पुनले यो आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतिकरण गर्ने योजना पनि सरकारले अघि सारेको बताउनुभएको छ ।

सबै नेपालीको घरघरमा विजुली कहिले पुग्ने र निर्यात कसरी गर्ने भनेर प्रश्न गरेका थिए ।

सांसद खगराज अधिकारीले विद्युतमा आत्मनिर्भर हुँदै निर्यात गर्नेतर्फ सरकार अगाडी बढिरहेको अवस्थामा सबै नेपालीको घरमा कहिले बत्ती पुग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

अधिकारीले देशका धेरै स्थानमा अहिले पनि काठका पोलहरु रहेको र ती पोलहरुका कारण दुर्घटना बढिरहेको भन्दै उहाँले काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छन् ? भन्दै प्रश्न समेत गर्नुभयो ।

मन्त्री पुनले विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा ३ लाख र सामुदायिक विद्युतिकरणका आयोजनाहरुतर्फ १ लाख काठका पोलहरु रहेको बताउनुभएको छ । काठका पोलहरुले दुर्घटना बढेको तर्फ सांसदहरुले यसको विस्थान कहिले हुन्छ भन्दै प्रशन गरेका थिए । मन्त्री पुनले देशभरी रहेका करिब ४ लाख काठका पोलहरुमध्ये ३० हजार पोलहरु विस्थापन भएको र बाँकी पोलहरु प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र २ नम्बर प्रदेशलाई पुर्ण विद्युतिकरण बनाउने योजना अनुसार सरकार अगाडी बढेको पनि उहाँले जनकारी दिनुभएको छ । कर्णाली र सुदूरपश्चि प्रदेशमा यहि आर्थिक वर्षमा टेण्डर आह्वान गरेर आगामी २ वर्षभित्र सम्पन्न गर्नेगरी काम अगाडी बढाउने उहाँले बताउनुभयो ।

सांसद महेश बस्नेतले विद्युतका पोलहरुका कारणले धेरै विकास निर्माणका कामहरु प्रभावित भएको र पोल सार्ने क्रममा अनियमितता हुने गरेको भन्दै पुरक प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री पुनले स्थानीय तहहरुले आफ्ना कार्यक्रम अन्तर्गत सडक विस्तार गर्ने क्रममा समस्या आउने गरेको बताउनुभयो । मन्त्रालय र प्राधिकरणसँग समुन्वय नगरी सडकका योजनाहरु अगाडी बढाउँदा समस्या उत्पन्न भएको उहाँको भनाई छ । उहाँले सडकबत्ति स्थानीय निकायसँग सहकार्य गरेर विस्तार भइरहेको पनि बताउनुभएको छ ।

मन्त्री पुनले अहिलेसम्म बुढी गण्डकीको ठेक्का अहिलेसम्म कसैलाई नदिएको बताउनुभएको छ । जनताको लगानीमा नेपालले नै बनाउने भनिएको राष्ट्रिय गौरबको आयोजनाको ठेक्का विना प्रतिस्पर्धा किन विदेशी कम्पनीलाई दिइयो भन्ने सांसद डिला संग्रौलाको प्रश्नमा मन्त्री पुनले जवाफमा मन्त्री पुनले अहिलेसम्म कुनै पनि कम्पनीलाई नदिइएको बताउनुभएको हो ।े मुआब्जा विवाद समाधान भएको उल्लेख गर्दै मन्त्री पुनले मुआब्जाको सम्पूर्ण काम सम्पन्न भएपछि अरु काम अगाढी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विना प्रतिस्पर्धा कसैलाई दिएको छैन् । मुआब्जा पूर्ण रुपमा सकाएर अगाडी बढाएर जाने छ । अहिलेसम्म कसैलाई दिएको छैन् ।’

पुनले बुढी गण्डकी प्रभावित गोर्खाका ८० र धादिङका ६० प्रतिशत जनताले मुआब्जा पाएको बताउनुभएको छ । प्रभावित क्षेत्रका स्थानीयका केही गुनासाहरु आएको बताउँदै पुनले गुनासा सम्बोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको बताउनुभएको छ ।

सांसद दिव्यमणि राजभण्डारीले माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सकिएको लामो समयभएपनि पछिल्लो २ वर्षमा कुनै प्रगति नै हुन नसकेको भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्री पुनले तामाकोशीको ९९ प्रतिशत काम सम्पन्न भएको र यो आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको सम्पूर्ण काम सकिने बताउनुभयो । ‘भर्टिकल साफ्ट’ बाहेकको काम सकिएको दाबी मन्त्री पुनले गर्नुभयो ।

मन्त्री पुनले आर्थिक वर्ष २०८०÷०८१ सम्ममा ९० प्रतिशत खेतियोग्य जमिनमा सिँचाई सुविधा पुग्ने समेत बताउनुएको छ । कुल खेतियोग्य जमिन २६ लाख ४१ हजार हेक्टर मध्ये अहिलेसम्म ६५ दशमलव ४७ प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

कुल खेतियोग्य जमिन मध्ये २२ लाख ६५ हजार हेक्टर सिंचाईं योग्य रहेको छ । अहिलेसम्म १४ लाख ८३ हजारमा सिचाईं सुविधा पुगेको मन्त्री पुनले बताउनुभयो । आगमी पञ्चवर्षि योजनामा ३ लाख हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य सरकारले लिएको छ ।