८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नु अघि स्वास्थ्य परीक्षण सुरू गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको परीक्षण गरेका थिए।उनको मुटुको एन्जिओग्राफी गरिएको र रिपोर्ट सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

‘मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला झण्डै एक महिनादेखि स्वास्थ्य परिक्षण गर्नुपर्छ। सबै परीक्षण सकिएपछि मात्रै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने,’उहाँलाई त्यस्तो अरु समस्या भएजस्तो देखिँदैन।त्यही भएर प्रत्यारोपणमा पनि समस्या नहोला।’

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनको सातामा एक पटक मिर्गौलाको डायलासिस हुन्छ।