२७ भाद्र २०८३, शनिबार
,
Latest
भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई



अ+ अ-

विर्तामोड। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताउनुभएको छ ।

आज श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा  विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै राईले श्रम संस्कृतिको विकासबिना परिवर्तन सम्भव नहुने स्पष्ट पार्नुभयो ।

“श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ । श्रम गर्ने बानीले नै नेपाल बन्छ”, अध्यक्ष राईले भन्नुभयो, “अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक छ ।”

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेद्वारी दिने तयारी गरेको जनाएको छ । रासस