४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सरकारलाई भन्यो – ‘बास्कोटालाई बर्खास्त गर’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेसले सेक्युरेटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान विज्ञप्ती जारी गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, ‘व्यक्तिगत रुपमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह छैन् । यो विषयमा कसको संलग्नता थियो भन्ने कुरा खोज्नुपर्ने दायित्व त छ ।’ कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्ने निकायलाई सहयोग गर्ने दायित्व रहेको बताएको छ । भ्रष्टाचारको कुनै पनि मुद्दामा आग्रह पूर्वाग्रहभन्दा माथि रहेर तथ्यपूर्ण ढंले अनुसन्धान गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको भएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँले यो विषयमा सरकारको आधिकारीक जवाफ सार्वजनिक रुपमा आउनुपर्ने र तत्काल एक्सनमा जानुपर्ने माग पनि कांग्रसको रहेको बताउनुभयो ।

बिहीबार नै कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले निर्वाचन समितिसँग स्थानीय तहहरुको समायोजनको प्रगतिको विषयमा जानकारी लिएका छन् । प्रवक्ता शर्माका अनुसार निर्वाचन समितिका ेतर्फबाट पूर्ण बहादुर खड्का र राधेश्यम अधिकारीले दिएको जानकारी अनुसार अहिलेसम्म ३० जिल्लामा समायोजनले पूर्णता पाएको र अन्य ३० जिल्लामा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अन्य जिल्लाहरुमा फागुन १५ गतेभित्र काम सक्नेगरी केन्द्रीय कार्यसमितिले सहजीकरण गर्नुपर्ने विषयहरुमा पनि छलफल भएको उहाँले बताउनुभयो ।