४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न



अ+ अ-

काठमाडौँ, ९ पुसः नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ ।

काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको आयोजकको भनाइ छ ।

कार्यक्रमले चिनियाँ एनिमेसनमा प्रविधि र संस्कृतिको संयोजनलाई नजिकबाट अनुभूति गर्ने अवसर दिएको सहभागीले बताएका छन् । गत बुधबार ‘सेतो सर्प’ चलचित्रको प्रदर्शन, सिर्जनात्मक टोलीसँग अनलाइन अन्तरक्रिया तथा ब्लाइन्ड–बक्स गतिविधिहरू सञ्चालन गरिएका थिए । ‘विगतको जीवनको भाग्य’ विषयमा आधारित चलचित्रले चिनियाँ पौराणिक कथाको समकालीन पुनःव्याख्या प्रस्तुत गर्दै दर्शकलाई गहिरो रूपमा आकर्षित गरेको थियो ।

गत बिहीबार आयोजित ‘फिङ्गरटिप क्रिएसन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । कार्यशालामा नेपाली कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज निर्माण प्रक्रिया प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध पर्यावरण–मैत्री कागज प्रयोग गरी ‘नयाँ देवताहरू याङ जियान’, ‘सेतो सर्प’ र ‘हेई २’ जस्ता चिनियाँ एनिमेसन चलचित्रबाट प्रेरित पोस्टर तथा दृश्यात्मक कलाकृतिहरू सिर्जना गरेका थिए ।

यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकला परम्पराबीचको सृजनात्मक फ्युजनलाई उजागर गरेको जनाइएको छ । सोही दिन नयाँ देवताहरू याङ जियान’को स्क्रिनिङ गरिएको थियो ।

प्रदर्शनीमा बेइजिङ नर्मल युनिभर्सिटीका प्राध्यापक झाङ यानले ‘एआई-सञ्चालित रूपान्तरण र फिल्म उद्योगमा नवीनता’ शीर्षकमा व्याख्यान दिँदै एआइले फिल्म निर्माण र उद्योग विकासलाई कसरी पुनःआकार दिइरहेको छ भन्ने विषयमा विद्यार्थीहरूसँग संवाद गर्नुभएको थियो ।

सांस्कृतिक–रचनात्मक क्षेत्रका प्रमुख योजनाकार ली कियानले यस्ता सामग्रीले नेपाली युवालाई चिनियाँ एनिमेसनको दृश्य आकर्षण मात्र होइन, त्यसभित्र नीहित नवप्रवर्तनको सांस्कृतिक भावना पनि बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
रासस




भर्खरै