११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्लाबन्दी खेती शुरु



अ+ अ-

स्याङ्जा । स्याङ्जाका तीन ठाउँमा चक्लाबन्दी खेती प्रणालीका लागि सम्झौता भई कार्यान्वयन थालिएको छ । गण्डकी प्रदेश सरकारले ससाना जमीनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई अगाडि बढाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो ।

‘चक्लाबन्दी प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि’ तयार गरी मन्त्रालयले प्रस्ताव माग गरेकामा गण्डकी प्रदेशका ११ जिल्लाका २० वटालाई छनोट भई सम्झौता गरी कार्यक्रम सञ्चालन भएको महाशाखा प्रमुख पोखरेलले बताउनुभयो ।

“चक्लाबन्दी कार्यक्रमका लागि स्याङ्जाका कृषि सहकारी तथा कृषक समूह गरी तीन वटा छनोट भएका छन्”, महाशाखा प्रमुख पोखरेलले भन्नुभयो, “छनोट भएका सहकारी तथा कृषक समूहसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ ।”

चक्लाबन्दी कार्यक्रम लागू भएको जग्गामा एक वर्षमा कम्तीमा तीन बाली खेतीपाती गर्नुका साथै १० वर्ष जग्गा प्लटिङ गरी आवास निर्माण गर्न नपाइने शर्त पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

चक्लाबन्दी कार्यक्रमका लागि पहाडी भू–भागमा ४० रोपनीभन्दा धेरै जमीन हुनुपर्ने छ । “कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिकरूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी लागत कम गर्न सकिने, जमीनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुनेछन्”, महाशाखा प्रमुख पोखरेलले भन्नुभयो ।

प्रदेशका ११ जिल्लाका २० सहकारी तथा कृषक समूह गरी झण्डै तीन हजार रोपनी क्षेत्रफलमा पहिलो चरणमा कार्यक्रम सञ्चालनमा छ । स्याङ्जाका तीन ठाउँमा कार्यक्रम सम्झौता भई कार्यान्वयनको अवस्थामा छ । जिल्लाको पुतलीबजार नगरपालिका–४ को गोठिङ कृषक समूह, पुतलीबजार–४ कै ठूलीबेँसी कृषक समूह र वालिङ–९ को सप्तरङ्गी कृषि सहकारी संस्थाले कार्यक्रम शुरु गरेका छन् ।

गोठिङ कृषक समूहमा १६० किसानको ३१० रोपनी जग्गामा चक्लाबन्दी कार्यक्रममार्फत सामूहिकखेती थालिएको पुतलीबजार–४ का वडाध्यक्ष ओमबहादुर खड्काले बताउनुभयो । चक्लाबन्दी कार्यक्रम लागू भएको जमीनको क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो र पहिलो गोठिङ कृषक समूह भएको वडाध्यक्ष खड्का बताउनुभयो ।

त्यस्तै पुतलीबजार–४ कै ठूलीबेँसीमा ३०० रोपनी क्षेत्रफलमा चक्लाबन्दी कार्यक्रम सम्झौता भई सामूहिक खेती प्रणाली शुरु भएको छ । वालिङ–९ भुम्रेमा रहेको सप्तरङ्गी कृषि सहकारी संस्थाले वालिङ-१४ को पेखु ठानामा १५ वर्षका लागि ३५५ रोपनी जग्गा भाडामा लिए पनि ५० रोपनी स्वीकृति भई कार्यक्रम शुरु भएको संस्थाका अध्यक्ष ताराप्रसाद भुसालले बताउनुभयो ।