४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनुभएको छ ।

गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु ५० अर्ब बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको उचित नियमन नहुँदा मुलुकको विकास, समृद्धि र सुधारमा असर पुगिरहेको जिकिर गर्नुभयो ।

“सामाजिक संस्थामार्फत आएको पैसा विकास र समृद्धिमा परिचालन भएको छैन, कतिपय बेला राजनीतिक हस्तक्षेपमा उक्त पूँजी परिचालन भएको देखिएको छ, अब नियमन गर्नुपर्छ, त्यसतर्फ मन्त्रालयको ध्यान गएको छ”, आजको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले उठाउनुभएको जिज्ञासामा मन्त्री थापाले भन्नुभयो ।

समितिमा रेडक्रसमा अनियमितना भएको भनी परेको उजुरीका विषयमा छलफल भएको थियो । उक्त विषयमा गृह मन्त्रालयले गरेका काम कारवाहीबारे जानकारी लिन गृहमन्त्री थापालाई बोलाइएको थियो । मन्त्री थापाले रेडक्रसको विषयमा कानूनी कारवाही अघि बढाएको जानकारी गराउँदै कानून निर्माण गरी त्यस्ता संस्थालाई नियमन गर्नुको विकल्प नभएको बताउनुभयो । यस्ता सामाजिक संस्था जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता हुने व्यवस्था छ ।

अनियमितताको विषयमा रेडक्रससहितका विभिन्न सामाजिक संस्थामाथि प्रश्न उठेको उहाँले बताउनुभयो । संस्था दर्ता ऐन २०१६ बमोजिम विसं २०२१ मा दर्ता भएको नेपाल रेडक्रस संस्था दर्ता ऐन २०३४ जारी भएपछि पुनः दर्ता गरिएको थियो । उक्त संस्थामाथि आर्थिक हिनामिना गरेको आरोप छ ।

छलफलमा गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयले भ्रष्टाचारको मुद्दा हेर्न नसक्ने र अख्तियारलाई यस्ता संस्थाको मुद्दा हेर्ने अधिकार नभएको जानकारी गराउँदै नियमनका लागि कानूनको अभाव रहेको बताउनुभयो । “विकृति निम्तिएकाले अब गृह मन्त्रालय कानूनको तर्जुमा गर्ने प्रक्रियामा छ”, सचिव न्यौपानेले भन्नुभयो ।